महाशिवरात्रीमा धतुरो बिषक्तता (Dhatura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको सम्बन्ध ।

Gandaki Pardesh notice

  यमन नेपाली,

नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को महान पर्वको रुपमा महाशिबरात्री लाइ पनि मनाइन्छ । पौरानिक काल देखिनै भगवान शिबजी लाई बिशेष पुजा-आजा आरधना गरि मनाइदै आएको महाशिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।

Shreekrishna hardwear in news

महाशिवरात्रीमा विशेष गरेर शिवलिंगमा बेलपत्र,दुध चढाइ पुजा गर्ने, उपबास बस्ने, राती जागरण बस्ने, शिवपुरानको पाठ र कथा सुन्ने आदि चलनहरु रहिआएको छ । 

यस अबसरलाइ अझै योग गर्ने, भगवान शिवजीलाई शक्तिको रुपमा लिइ आफुलाइ समेत सकारात्मक रुपमा शक्तिशाली बनाउने, शिव जस्तै सहयोगी र कल्याणकारी बन्न प्रेरित हुने जस्ता राम्रा पक्षलाई अंगाल्दै यस पर्वलाइ मनोसामाजिक प्रेरणाको रुपमा लिन सके राम्रो हुन्छ जस्तो लाग्छ । 

तर आजभोली नाङ्गै भाँग पिएको अबस्थाका फोटोहरु, नशामा विभिन्न हर्कत गरेका ट्रोल बन्न पुगेका भिडियोहरु सामाजिक सञ्जालमा अपलोड भैरहेकाछन यस्ता प्रवृत्तिले बालबालिकालाई यस पर्व सम्बन्धिका सामाजिक मुल्यमान्यतानै बिर्सिन गै मनोरञ्जन र समय ब्यतित गर्ने, भाङ, धतुरो घोट्टा आदि खुलम खुल्ल सेवन गर्ने पर्वको रुपमा मात्र लिइरहेको जस्तो पाइन्छ र जुन बढ्दो क्रममा देखिन्छ ।

हाम्रो समाजमा युवायुवतीहरु बिहानै देखी नशालु पदार्थ सेवन गर्ने, झैझगडा हुने, तथा कतिपय ब्यक्तिहरु यसैका कारण कुलतमा फस्दै गैरहेको र नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका घटना धेरै पाइन्छन। यसरी जति खुलम्खुल्ला प्रयोग भैराख्छ त्यति सामान्यरुपमा लिइ कुलतमा फस्ने दर बढदै जान सक्छ । यस्ता प्रवृत्ति बारे हरेक नागरिक, परिवार, समाज सचेत हुनु जरुरी छ । 

Bhautik ministry notice about road

यसैले शिवरात्रीको खास महत्वलाई हामीले अनुसरण गर्नु पर्दछ । भगवान खुसी हुन्छन्, मनोकामना प्राप्त हुन्छ या यो पहिलेदेखि चलेको चलन भनेर हामीले शिवरात्रीमा खाइने नशालु पदार्थलाई सिको गर्नु सेवन गर्नु पक्कै पनि राम्रो पक्ष हुँदै होइन । 

सामाजिक संजालका बिस्तार संगै धतुरो, गाजाका फाइदाहरु गुगलमा हेर्ने, अरुको नक्कल गर्ने प्रबृत्ति, साथिको अनुभव सुनेको भरमा कौतुहलताले प्रभावित भै यस किसिमको प्रवृत्ति बढ्दो क्रममा देखिन्छ । गुगलमा पाइने फाइदा हरु प्रसोधित गरि अन्य किसिमले गाजा प्रयोग आउने गर्दछन जुन औषधिको रुपमा मात्र प्रयोग गरिन्छन र सबै औषधिको रुपमा प्रयोग हुनका लागि उत्पादित बस्तुहरु निश्चित रोग तथा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी वा आयुर्वेदहरुले समस्या पत्ता लगाइ प्रयोग हुने गर्दछ्न । धुवाँ र घट्टाको रुपमा प्रयोग गर्दा औषधिको रुपमा काम गर्ने भन्ने हालसम्मको रिसर्चले प्रमाणित गरेको छैन ।

कहिलेकाही धतुरा सेवन गर्दा धतुरा बिशाक्तता (Dhatura Poisoning) भै मानिसको ज्यान समेत जान सक्छ । त्यसैले 

हामीले महाशिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोड दिदै र स्वास्थ लाई पनि ख्यालमा राखी मनाऔ। महाशिवरात्रीको शुभकामना ।

       

       जनस्वास्थ्यकर्मी 

दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र 

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...