कार्यसम्पादन मुल्याङ्कनमा मंगला देशकै उत्कृष्ट ७ पालिकाभित्र पर्न सफल, बेनी नगरपालिकाले पनि ७१ भन्दा बढी अंक पायो

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ ।
बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । ७५ अंक कटाउने ७ स्थानीय तहभित्र परेको मंगलाले ७७.९ अंक प्राप्त गरेको आयोगले जनाएको छ । यस्तै मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ७२.७ अंक ल्याएको छ ।
संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचकका आधारमा गत आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।
आयोगले आर्थिक वर्ष ०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ । जसअनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।
आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...