नौ हजार जनाले तातोपानी स्नान गरे

Gandaki Pardesh notice

तातोपानी, । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले माघ महिनामा सबैभन्दा बढी दुई हजार ३८० जनाले स्नान गरेका जानकारी दिनुभयो ।

साउनमा २२४, भदौमा ४११, असोजमा एक हजार ९०२, कात्तिकमा एक हजार ५४८, मंसिरमा एक हजार ३१९ र पुषमा एक हजार ३८० जनाले स्नान गरेका छन् । बागलुङ, कास्की, मुस्ताङ, पर्वत, काठमाडौ, चितवन, कपिलवस्तु, नवलपुर, गोरखा, लमजुङ, सुनसरी, रामेछाप, बर्दिया, गुल्मी, प्युठान, तनहुँ, स्याङ्जा, पाँचथर, मकवानपुर, रोल्पा, मोरङ, झापा, धादिङ लगायत ३१ जिल्लाबाट स्नानका लागि आएका समितिले जनाएको छ ।

Shreekrishna hardwear in news

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । सात देखि दश दिन स्नान गर्नका लागि कुण्ड व्यवस्थापन समितिलाई प्रतिव्यक्ति रु. ३५० शूल्क तिर्नुपर्छ ।

Bhautik ministry notice about road

विरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । मालिका गाउँपालिका–५ देविस्थानकी असिमा वि.कले लडेर खुट्टामा चोट लागेपछिको दुख्ने समस्या तातोपानी स्नान गरेपनि सुधार भएको अनुभव सुनाउनुभयो । तातोपानीमा स्नान र पानी पिएर ग्यास्ट्रिक सम्बन्धी समस्या निको भएको धवलागिरी गाउँपालिका–४ की पानमती पाइजाले बताउनुभयो ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ । छोटो समयका लागि स्नान गर्नेहरुलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु. २०० शूल्क तोकिएको छ ।

महिला र पुरुषलाई फरक फरक समय तालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा सामूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । प्रवेशशूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ । बिगत १३ बर्षदेखि सरस्वती माविका १६ जना मध्य चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु. एक लाखका दरले सहयोग गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...