१४ औ वार्षिकोत्सवमा कुमारी सहकारी आफ्नै भवनमा

Gandaki Pardesh notice

बेनी, । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले १४ औ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि संगमचोक स्थित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।
कार्यालय र वार्षिकोत्सवको जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष कार्कीले राज्यको नियमनकारी निकाय र बैंकहरु सहकारीका विरुद्धमा लागेकाले संकटको सामना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
सहकारीहरु सिद्धान्त, नियम र विधि प्रकृयामा रहेर सञ्चालन भएमा जस्तो सुकै असहज अवस्थाको पनि सामना गर्न सकिने कार्कीको भनाई थियो । बेनी नगरपालिका–८ न्युरोडको भाडाको घरबाट सेवा दिदै आएको सहकारीले संगमचोकको आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।
वित्तीय संकट झेलेको कुमारी सहकारीका सञ्चालकहरुले समस्या सुधारउन्मुख रहेको र समस्याबाट नभाग्ने प्रतिवद्धता जनाएका छन् । “कोरोना महामारी र विश्वव्यापी अर्थतन्त्रको असरबाट हामीलाई पनि असर परेको छ । गरेको ठूलो लगानी भनेको समयमा उठ्न नसक्ने, निक्षेप नआउने र भएको बचत लगातार फिर्ता गर्नुपरेपछि समस्या भएको हो,” संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार थमबहादुर गर्बुजाले भन्नुभयो “संस्थालाई नयाँ शिराबाट उठाउन साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । जोज र उर्जावान टिमलाई हाम्रो पनि पूर्ण साथ र सहयोग छ । सबै लगानी उठ्न सके ४ करोड बढी मुनाफा छ ।”
संस्थाका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता र सचिव देवी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...