बस दुर्घटनामा घाइते भएका ११ जना पोखरा रिफर

Gandaki Ghumau

लेते, । मुस्ताङमा बुधबार बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन ।
जोमसोम देखि बेनी हुदै पोखरातर्फ जादै गरेको म्याग्दी कोरला यातायात प्रा.ली.को ना २ ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका ३ धम्पु खोलामा दुर्घटनामा भएको हो ।
सडक देखि करिब ५० मिटर तल कालीगण्डकी नदीमा बस खसेर दुर्घटना हुँदा गम्भिर घाइते भएका १ जनालाई पोखरा रिफर गरिएको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताउनुभयो ।
२३ वर्षीया समिता परियार, ६३ वर्षीया विमती परियार, ३५ वर्षीय सुमित पर्टेल, २९ वर्षीया अथिता गोसिया, ३१ वर्षीया लक्ष्मी परियार, १४ वर्षीय सुप्रिम परियार, २५ वर्षीय सुनिल परियार, ४३ वर्षीय राजकुमार बुढाथोकी, ३० वर्षीय उमेश सापकोटा, पेमा छोतेन वि.क र २३ वर्षीय समिला परियारलाई पोखरा पठाइएको छ ।
सामान्य घाइते अर्जुन ढकाल, कृष्ण रसाइली, महेन्द्र गौचन, काजु परियार, प्रेम सिंह विक र सुमित परियारको लेते प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेका छ । जनप्रतिनिधि, स्थानीयबासी र प्रहरीले घाइतेको उद्दार गरेर घाइतेलाई लेत स्वास्थ्य केन्द्रमा पु¥याएका थिए ।
प्रहरी निरीक्षक राजकुमार तामाङको नेतृत्वमा २० जना नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...