मुख्यमन्त्री कपको महिला भलिबलको उपाधी म्याग्दीलाई

Sinchai Khanipani notice

स्याङ्जा । गण्डकी प्रदेश मुख्यमन्त्री कप–२०७९ को महिला भलिबलको उपाधी म्याग्दी जिल्लाले जितेको छ ।
स्याङ्जामा बुधबार भएको फाइनलमा पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधी जितेको हो । म्याग्दीले पर्वतलाई २५–१४, २५–१६ र २५–१९ को सोझो सेटमा पराजित गरेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।


म्याग्दीको टोली महिला भलिबलको राष्ट्रिय टिम क्याप्टेन अरुणा शाहीको नेतृत्वमा मैदानमा उत्रिएको थियो । पहिलो सेटदेखिनै पर्वत माथी म्याग्दी हावी भएको थियो । सेमि फाइनलमा घरेलु टिम स्याङ्जालाई २५–१२, २५–२३, २५–१० अंकले पराजित गर्दै म्याग्दी फाइनलमा पुगेको थियो ।

Bhautik ministry notice about road


पर्वतले तनहँुलाई २५–११, २५–१४, २५–१९ अंकले पराजित गर्दै सेमिफाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको थियो । म्याग्दीको पुरुष भलिबल टोली भने क्वाटरफाइनलबाट बाहिरिएको थियो । प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।

Shreekrishna hardwear in news


प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतियले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् । खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउदाँ बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०र१० हजार रुपियाँ पाउने प्रदेश खेलकुद परिषदका प्रमुख टोपलाल भुसालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...