मुनाको धवलागिरी माविलाई प्रवासीको सहयोग

Gandaki Pardesh notice

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धौलागिरि माविलाई एक जना प्रवासी र उहाँको परिवारले नगद र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
मुना घर भई हाल बेलायतमा रहनुभएका नन्द रोकाले विद्यालयलाई रु. एक लाख नगद उपलब्ध गराउनु भएको हो । बेलायतबाट रोकाले पठाउनुभएको रकम वडा अध्यक्ष देविन्द्र रोका र शिक्षक अभिभावक संघका सदस्य करबहादुर पुनले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी रोकाका छोरीहरुले विद्यालयका १४९ जना विद्यार्थीहरुलाई कापी र कलम वितरण गर्नुभएको प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...