म्याग्दीमा फागुन ३ गतेदेखि दूधको मूल्य प्रतिलिटर दश रुपैयाका दरले बढ्ने

Gandaki Pardesh notice

बेनी, । नौ महिनाको अवधिमा म्याग्दीमा दोस्रो पटक दूधको मूल्य बढाइएको छ ।

दूध उत्पादन गर्ने पशुपालक कृषकहरुको माग अनुसार बुधबार देखि लागू हुने गरि प्रतिलिटर रु. १० का दरले मूल्य बढाइएको हो । यसअघि गत असार १ गते प्रतिलिटर रु. १० का दरले दूधको मूल्य बढाइएको थियो ।

डेरी व्यवसायी, म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग छलफल गरेर दूधको मूल्य बढाइएको अगुवा कृषक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पेट्रोलियम पदार्थ, दूवानी, दाना, औषधी, घाँस, गाईभैसीको मूल्य, बैंक ब्याजदर र कामदारको ज्यालाको अनुपातमा हाल प्रतिलिटर रु. ११० का दरले दूध बेच्दा प्रलिलिटर रु. ३१.२२ घाटा छ,” उहाँले भन्नुभयो “कृषकहरुलाई पशुपालन व्यवसायबाट पलायन हुनबाट बचाउन र दूध आयात गर्नुपर्ने अवस्था आउन नदिन बाध्य भएर मूल्य बृद्धि गर्नुपरेको हो ।”

Bhautik ministry notice about road

कृषकले डेरी व्यवसायीलाई प्रतिलिटर रु. १२० र व्यवसायीले उपभोक्तालाई बेच्ने मूल्य प्रतिलिटिर रु. १४० कायम गरिएको ढुंगानाले जानकारी दिनुभयो । तोकिएको मूल्य पाउन भैसीको दूधमा पानीको मात्र शून्य र न्युनतम पाँच प्रतिशत फ्याट हुनुपर्ने मापदण्ड बनाइएको छ ।

यसअघि असारमा कृषकले पाउदै आएको अधिकतम मूल्य रु. ९० बाट बढाएर रु. ११० र ब्यापारीले बेच्ने मूल्य रु. १२० बाट बढाएर प्रतिलिटर रु. १३० कायम गरिएको थियो । दूधको मूल्यवृद्धिको असर उपभोक्ताको भान्सामा प्रत्यक्ष पर्ने देखिएको छ ।

बेनी बजारमा दूध आपुर्ति गर्दै आएको आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रका कृषकहरुले दूधको मूल्य बढाउन पहल गरेका थिए । केन्द्रमा आवद्ध २२ जना कृषकले मात्र बेनीमा हाल दैनिक एक हजार दूइ सय लिटर दूध ल्याउने गरेका छन् ।

बेनपा –६ का कृषक कमल पौडेलले इन्धनको मूल्यवृद्धीको असर गाईभैसी पालनमा परेको बताउनुभयो । पछिल्लो तीन दुई वर्षको अवधिमा दानाको मूल्य र ढूवानी खर्च दोव्वरले बढेको उहाँले बताउनुभयो । म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाइभैसी फार्ममा पाँच सय जना निर्भर छन् । वैदेशिक रोजगारबाट फर्किएका अधिकांश युवाहरु गाइभैसी, भेडाबाख्रा र कुखुरापालनमा आवद्ध छन् । दैनिक दुई हजार पाँच सय लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारमा ४२ वटा डेरी छन् ।

अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिंगा, सिमलचौर, बरंजा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा ब्यवसायिक गाईभैसी फार्म छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक्टन दूध उत्पादन हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...