गलेश्वरमा सडक बत्ती जडान

Add Samajik bikash office

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरमा सोमबार सडक बत्ती जडान गरिएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषले गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा वत्ती जडान गरेको हो । सडक वत्तीको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।
गलेश्वर मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि राहुघाटको मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
कुल रु. २ लाख ३० हजार ७५० को लागतमा ५५ वटा सडक वत्ती जडान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । गत पुष २७ गतेको साधारणसभाले गरेको निर्णय अनुसार सडक वत्ती जडान गर्न कोषका उपाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

Bhautik ministry notice about road


‘गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ,’ पुनले भन्नुभयो ‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ ।’ उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ ।
सडक बत्तीको महशुल र मर्मतसम्भार सहितका कार्य गलेश्वर शिवालय क्षेत्र विकास कोषले गर्ने भएको छ । सडक वत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको पुनले बताउनुभयो ।
मन्दिरमा अति जिर्ण अवस्थामा रहेको यक्षशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ । उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५० हजार नगद सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news


बेनी नगरपालिका–९ तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीले रु. ६७ हजार मूल्य बराबरको टायल उपलब्ध गराउनुभएको छ । हवनकुण्डमा चिम्नी राखेपछि यज्ञशाला घुँवारहित हुने बताइएको छ । फागुन ६ गते हुने महाशिवरात्री पर्व अघिनै हवनकुण्ड र यज्ञशाला निर्माण सक्ने लक्ष्य सहित काम भैरहेको छ ।
मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले मर्मतसम्भार गर्नुभएको छ । मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि खेलमैदान, उद्यान हुदै कालीगण्डकीको घाटसम्म जाने सडक व्यस्थित गर्ने योजनाका लागि संघीय सरकारका निकायमा प्रस्ताव गर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।
कृष्णागण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टान माथि रहेको गलेश्वरलाई पश्चिमको पशुपति नाथ र मुक्तिक्षेत्रको प्रवेशद्धारको रुपमा चिनिन्छ । साउन महिनाको सोमबार, बालाचर्तुदर्शी, महाशिवरात्री पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पुजाआजा हुन्छ । गलेश्वरमा पुजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाक्षा पुरा हुने जनविश्वास छ ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पुजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुदै आएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...