जलजलाले ब्याकुहोलोडर किन्यो, सडक मर्मतमा परिचालन गर्ने

Gandaki Pardesh notice

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले ब्याकुहोलोडर खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार डोजर खरिद गरेको हो ।

गत असारको गाउँसभाले सडक मर्मतका लागि पालिकाले आफ्नै डोजर खरिद गर्ने निर्णय गरेको थियो । बोलपत्र प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम दररेट कबोलेर आपुर्तिको सम्झौता गरेको कम्पनीले आइतबार ब्याकुहोलोडर उपलब्ध गराएको थियो ।

बकेट र ब्रेकर सहितको ब्याकुहोलोडरको गाउँपालिका परिसरमा सोमबार धार्मिक बिधि अनुसार विश्वकर्मा पुजा गरिएको थियो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यले सडक मर्मतको काममा ब्याकुहोलोडर परिचालन गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका सडकलाई बाह्ै महिना यातायात सञ्चालन गर्ने उद्देश्यले आफ्नै ब्याकुहोलोडर खरिद गरिएको आचार्यले बताउनुभयो । मुख्य र सहायक सडकहरुमा खस्ने पहिरो पन्छाउने, खाल्डाखुल्डी पुर्ने जस्ता काममा ब्याकुहोलोडर भएपछि सहज हुने बताइएको छ ।

हाल सडक निर्माण र मर्मतको काममा निजी कम्पनीको ब्याकुहोलोडर भाडामा लिने गरिएको छ । मंगलबार बाँसखर्कको सडक मर्मतको काम गर्न ब्याकुहोलोडर पठाइने आचार्यले बताउनुभयो ।

रु. ५८ लाखमा ब्याकुहोलोडर खरिद भएको गाउँपालिकाका लेखा अधिकृत फडिन्द्र आचार्यले बताउनुभयो । ब्याकुहोलोडर प्रयोग सम्बन्धी गाउँपालिकाले कार्यबिधि बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...