गलेश्वरमा शिवरात्री मेलाको तयारी

Gandaki Pardesh notice

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री मेलाको तयारी तिव्र बनाइएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषले २२ वटा उपसमिति गठन गरेर शिवरात्री पर्वको अवसरमा लाग्ने मेलालाई व्यवस्थित बनाउने तयारीमा जुटेको हो ।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु मार्फत शिवरात्री मेलाको तयारी तिव्र बनाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।
“भक्तजनले छिटो र सहज रुपमा दर्शन तथा पुजाआजा गर्ने व्यवस्था मिलाउन जुटेका छौ,” उहाँले भन्नुभयो “महाशिवरात्री मेलाका धेरै ठाउँबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संघ संस्थासँग पनि समन्वय गरेका छौ ।”
शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दी सहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा गत वषैदेखि ११ वटा गौमुखी धारा जडान भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हो ।
कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...