म्याग्दीका प्रजिअ पौडेल सहित तीन जना साहित्यकार पुरस्कृत

Gandaki Pardesh notice

बागलुङ,। म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल (तुलसीजी) सहित तीन जना श्रष्टा बागलुङमा पुरस्कृत हुनुभएको छ ।

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार–२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका मिलन, ‘बम–सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र ‘हिमलाल–मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेल पुरस्कृत हुनुभएको हो ।

इटहरी उपमहानगरपालिका–५ सुनसरीका टिका मिलन नगद २० हजार रुपैयाँसहित पुरस्कृत भएको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कृत घिमिरेका राजवृक्षको हाँगो (कथा संग्रह) र पटाक्षेप (उपन्यास( प्रकाशित कृति हुन ।

Shreekrishna hardwear in news

उहाँले लेखेको पटाक्षेप उपन्यासका लागि यस वर्षको उक्त पुरस्कार उनलाई प्रदान गरिएको धौलागिरि साहित्य प्रतिष्ठानले जनाएको छ । बम सरस्वती पुरस्कारबाट कविलवस्तु नगरपालिका–३ तिलौराकोट निवासी शकुन्तला ज्ञवाली पौडेललाई पुरस्कृत गरिएको छ । पौडेलले भावना क्वाँटी संगह नेपाली अवधी, संघर्ष कथा संग्रह, प्रवाह कविता संग्रह जस्ता साहित्यिक कृति प्रकाशन गर्नुभएको छ ।

Bhautik ministry notice about road

पहिलो पटक प्रदान गरिएको हिमलाल बन्धरा स्मृति पुरस्कारबाट बागलुङ नगरपालिका–१३ घर भई हाल म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत तुलसीजी पौडेल पुरस्कृत हुनुभएको हो । निजामती सेवाका विशिष्ट श्रेणीमा कार्यरत पौडेलको बुद्ध बनेका सिद्धार्थलाई (कविता संगालो), नमरेको मृत्यु (कविता) संग्रह प्रकाशित छन् । पौडेल र ज्ञवालीले नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

पुरस्कृत तीनै जनालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खडका ‘विखर्चीले पुरस्कार प्रदान गर्नुभएको थियो । नेपाली भाषा साहित्यको विकास र विस्तारको लागि श्रष्ठालाई प्रदान गर्ने पुरस्कारले लेखनीमा थप उत्साह र प्रेरणा मिल्ने उपकुलपति खड्काले बताउनुभयो । उहाँले साहित्यकारको निशूल्क किताब बाँड्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको पुस्तकालयमा स्रष्टाहरुको पुस्तक किनेर मात्रै राख्ने व्यवस्था गरिएको उपकुलपति खड्काले बताउनुभयो । उहाँले कला साहित्यको क्षेत्रमा लाग्नेहरुका लागि स्वास्थ्य बीमा गर्न रु. पाँच लाख बजेट व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रतिभा उपचार कोष स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । धौलागिरि साहित्य प्रतिष्ठानले २०४१ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको अध्यक्ष रोशनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...