कपडा तथा सिलाई व्यवसायी संघको नयाँ नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ म्याग्दी (प्रस्तावित म्याग्दी टेलरिङ व्यवसायी संघ)को नयाँ कार्यसमिति चयन भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरमा शनिबार सम्पन्न नवौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट डम्बर बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संघको उपाध्यक्षमा मेक कुमारी, सचिवमा चन्द्रा घले, कोषाध्यक्षमा सुमन नेपाली र सदस्यहरुमा राम देवी पुन, मुनाल परियार, सुकमायाँ पुन, राममाया नौबाङ, हिरा शेर्पुजा रहनुभएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष प्रेम परियारको अध्यक्षतामा भएको कार्यक्रममा टेलरीङ व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष समीर परियार, बागलुङका निवर्तमान अध्यक्ष तेजेन्द्र परियार, अध्यक्ष प्रेमा श्रीस, पर्वतका अध्यक्ष नविन सुवेदी लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...