एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पाण्डे

Gandaki Pardesh notice

बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ ।
संगठनको शनिबार बेनीमा सम्पन्न सातौ जिल्ला सम्मेलनबा पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला समिति चयन भएको संगठनले जनाएको छ ।
सम्मेलनलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले स्थानीय रुपमा भएको उद्योग र पर्यटनको सम्भावनाहरुलाई उजागर गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका जुग्जालीले शिक्षकहरु बीचको विभेद, वेतिथि, बिकृति हटाउन र शैक्षिक सुधारका लागि संगठित हुन आव्हान गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेलले शिक्षकहरुका समस्या नीतिगत रुपमा समाधान गर्न पहल गर्ने बताउनुभयो ।

Bhautik ministry notice about road


गण्डकी प्रदेश सांसद हरी भण्डारीले शैक्षिक र राजनीतिक सुधारमा विद्यालयस्तरबाटै शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश सभा मार्फत गर्नुपर्ने शैक्षिक सुधारका लागि नीति निर्माणमा भूमिका खेल्ने भण्डारीले प्रतिवद्धता जनाउनुभयो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश संयोजक तथा केन्द्रिय सचिब सोमनाथ ढुङ्गानाले संगठनमा आवद्ध शिक्षकहरुले नेतृत्व गरेर बिद्यालयलाई शैक्षिक, भौतिक हिसाबले नमुना बनाउन आग्रह गर्नुभयो ।
सम्मेलनमा बेनी नगरपालिका अध्यक्ष मदन सुवेदी, धवलागिरी गाउँपालिका अध्यक्ष नेत्रलाल सुवेदी, मालिका गाउँपालिका अध्यक्ष नविन पुन, मगंला गाउँपालिका अध्यक्ष रमेश सुवेदी, रघुगंगा गाउँपालिका अध्यक्ष चिरञ्जीवी खत्रीले पालिकास्तरको संगठनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षता, उपाध्यक्ष देवराज शर्माको स्वागत र सचिव गोविन्द शर्माको संचालनमा भएको सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...