लामिछानेको यात्रा अनुभूति विमोचन

Gandaki Pardesh notice

बेनी, । साहित्यकार चन्द्रबहादुर लामिछानेद्धारा लिखित पुस्तक ‘यात्रामा मेरो अनुभूति’को शनिबार बिमोचन गरिएको छ ।
म्याग्दी साहित्य सञ्चारले मिलनचोकमा आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसीले पुस्तकको बिमोचन गर्नुभएको हो । जलजला गाउँपालिका–२ निवासी पुर्व शिक्षक लामिछानेको यो पाँचौ कृति हो । पुस्तकमा लामिछानेले यात्राका क्रममा गरेका अनुभूतिहरुलाई व्यक्त गर्नुभएको छ ।
उहाँले यसअघि चन्द्रका भजन, जलजला कविता संग्रह, अविराम यात्रा, स्मृतिका पल पुस्तक प्रकाश गर्नुभएको थियो । म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, सचिव हिरा शर्माको सञ्चालन र उपाध्यक्ष गंगा बानियाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिका–३ का वडा अध्यक्ष एकिन्द्र खत्री, वडा नम्बर ४ का अध्यक्ष भरत क्षेत्री, अधिवक्ता राम शर्मा, हेमकुमारी अधिकारी, गणनाथ पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...