अनेरास्ववियुको सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी

Add Samajik bikash office

बेनी, । नेकपा एमाले निकट म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेलले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिनुहुनुे भएको छ ।
अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई चलायमान र गतिशील बनाउन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३ औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
२०६३ मा अनेरास्ववियु जनकल्याण माबी पुलाचौर बाट स्कुल कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेल ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुदैँ २०७१ सालमा अनेरास्ववियु म्याग्दीको १८ औँ अघिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
२०७२ सालमा अनेरास्ववियूको २२ औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका पौडेल केन्द्रिय सचिवालय सदस्य हुदै २०७८ साल असोज देखि गण्डकी प्रदेशको अध्यक्ष पदमा रहेको संगठनको जिम्मेवारी कुशल रुपमा संचालन गरिराख्नुभएको छ ।
उहाँले गण्डकी प्रदेशमा “विपतीमा साहारा, विभेदमा विद्रोह” म अखिल भन्ने मूल नारा लिएर संङ्गठन अघि बढाउदै आउनुभएको छ । आफूसँग सङ्गठन सञ्चालनको ज्ञान र क्षमता दुवै भएकाले केन्द्रिय पदाधिकारी पदमा प्रस्तुत गरेको उहाँको बताउनुभयो ।
“युवा अवस्था जिवनको महत्वपूर्ण अवधी को हरेक अखिलका सदस्यलाई सामाजिक जागरण को आन्दोलन र सेवा भाबले समाजमा स्थापित गर्न र आफू निर्वाचित भएमा सङ्गठनलाई प्रविधियुक्त बनाउने र सङ्गठन निर्माणमा आफूले ध्यान दिने छु,”– उहाँले भन्नुभयो ।
पौडेलको अगुवाइमा पोखरा को मणिपाल मेडिकल कलेज बिरुद्धको आन्दोलन र तत्कालीन सरकार विरुद्धमा भएका आन्दोलनले देशभर चर्चा कमाउनुभएको थियो । म्याग्दी अनेरास्ववियु को इतिहासमा प्रकाश पहिलो पटक पदाधिकारीमा निर्वाचन लड्न लाग्नुभएको हो । महाधिवेशनमा एक हजार पाँचसय ७९ प्रतिनिधि आउने उम्मेद्वार पौडेलले जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...