विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि विजयी

Add Samajik bikash office

बेनी, । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा बेनीको प्रकाश मावि प्रथम भएको छ ।

शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उद्देश्यले प्रकाश माविको आयोजना र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । शुक्रबार भएको प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि र सान्त्वना मुक्तिधाम मावि राखु भएको यूरेश प्रकाश माविका सभापति अर्जुन विश्वकर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार, ६ हजार, ४ हजार २ हजार नगद, रनिङ ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उप सभापति काशीराम रेग्मीले विद्यार्थीको शैक्षिक क्षमता विकासका लागि ज्ञानमुलक प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले हाजिरीजवाफ लगायत बौद्धिक क्रियाकलापले शैक्षिक गुणस्तरमा समेत सघाउने र विद्यार्थीको पढाईप्रतिको रुची समेत बढाउन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो । कार्यक्रमको अध्यक्षता यूरेसका कावा अध्यक्ष अर्जुन विश्वकर्मा, स्वागत विद्यालयका प्रअ लेखबहादुर हमाल, सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ र कार्यक्रम संयोजक शिक्षक कविराज थापा रहनुभएको थियो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...