रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्
थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा रघुगंगा गाउँपालिकाले विनियोजन गरेको रु. १० लाख बजेटमा जनश्रमदान समेत जुटाएर भलिबल र बास्केटवलको कोर्ट ढलान गरि खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अंकित पुन मगरले जानकारी दिनुभयो ।
‘‘पहिले कच्ची खेलमैदान थियो,यस पटक मैदानलाई ढलान गरि स्तरीय खेलमैदान तयार गरेका हौँ,” उहाँले भन्नुभयो “अब भलिबल र बास्केटवल खेलकुद गतिविधिको लागि सहज भएको छ ।’’
उहाँका अनुसार, ३१ मिटर लम्बाई र १७ मिटर चौडाईमा खेलमैदानलाई ढलान गरिएको छ । खेलमैदान तयार भएपछि स्थानीय युवायुवतिहरुलाई खेल अभ्यासमा सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताउनुभयो ।
‘‘धुलो मैदानमा खेल अभ्यास गर्दा खेलाडीहरु घाइते हुने समस्या थियो, अब त्यो समस्या हटेको छ,” उहाँले भन्नुभयो “दुर्गम गाउँका बालबालिका देखि युवाहरुमा रहेको खेलप्रतिभाको विकास गराउन राहतको महसुस गरेका छौँ ।’’
३० घरधुरीको बसोबास रहेको पात्लेखर्कमा निर्माण भएको यस खेलमैदानलाई स्थानीय जनसुन्दर आधारभुत विद्यालयले समेत खेलमैदानको रुपमा उपयोग गर्न सक्ने गरि निर्माण गरिएको क्लबले जनाएको छ ।
यस खेलमैदानको घेरावार समेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीय स्तरमा मेला सञ्चालनको लागि खेलमैदान परिसरमा स्टेज समेत निर्माण गर्ने तयारी गरिएको क्लब अध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा खेलकुद प्रतियोगिता आयोजना संगै विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रहेको यस क्लबले आफ्नो क्लब भवन समेत निर्माण गरिसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...