साथीको स्मृतिमा विद्यार्थीलाई पुरस्कार

Gandaki Pardesh notice

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्नुभएको हो ।
कक्षा प्रथम, दृतीय र तृतीय हुनेलाई कापी र कलम उपलब्ध गराउनुभएको हो । सुबास र मेखु भिम माविका शिक्षक हुनुहुन्छ भने सुमन सिंगापुर प्रहरीमा कार्यरत हुनुहुन्छ ।
यसैगरी विद्यालयले हालै भएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण, कास्य र रजत पदक दिलाउने विद्यार्थीहरुलाई क्रमश जनही रु. एक हजार, पाँच सय र तीन सय रुपैयाँका दरले नगद पुरस्कार वितरण गरिएको छ ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news



शिक्षक अभिभावक संघका अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, शिक्षक दिनेश ढकालको सञ्चालन र नरबहादुर बिकले स्वागत गर्नुभएको कार्यक्रममा प्रअ डम्बरबहादुर घर्ति मगले दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...