बेनी अस्पताललाई अध्याधुनिक डिजिटल एक्सरे मेसिन प्राप्त

Gandaki Ghumau

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पताललाई अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन प्राप्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्सरे सेवा दिन सकिने अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले बताउनुभयो ।

“अहिले हामिसँग भएको प्रोटेवल एक्सरे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौ,” उहाँले भन्नुभयो “मन्त्रालयले रु. एक करोड ५० लाख मूल्य बराबरको मेसिन खरिद गरेर उपलब्ध गराएको हो ।” अस्पतालमा हाल रहेको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ बेला बेलामा बिग्रने गर्दा सेवा प्रभावित बनेको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे मेसिनमा प्रिन्टर र सफ्टवयर जडान गरेर सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो । “मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौै । पछिल्लो पटक सफल भयौ” उहाँले भन्नुभयो “केही दिनमै नयाँ एक्सरे मेसिन सञ्चालन गरेर जिल्लाबासीलाई सहज रुपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने तयारीमा छौ ।”

नयाँ एक्सरे मेसिन सञ्चालनका लागि तीन सय केभीएको विद्युत आपुर्ति गराउने संरचना, प्रिन्टर र सफ्टवयर अद्यावधिकको काम भैरहेको छ । बेनी अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. रामु सापकोटाका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । उपकरणको अभावमा बेनी अस्पतालमा आउने बिरामी एक्स–रे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

वि.स. २०७२ मा पचास शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले सेवा र उपकरण थप गर्दै गएको छ । हालै फिजिसियन विशेषज्ञ सेवा थप गरेको अस्पतालले ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको उपचारका लागि ५ शैया क्षमताको छुट्टै कक्ष सञ्चालन गर्न लागिएको जनाएको छ ।

शल्यक्रिया मार्फत प्रसुति, हाइड्रोशिल, हर्नियाको शल्यक्रिया, दन्त, आँखा, बच्चा उपचार कक्ष, सामाजिक सेवा इकाई, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ । पर्वत, बागलुङ र मुस्ताङ जिल्लाका सर्वसाधारणले समेत सेवा लिने बेनी अस्पतालमा पर्याप्त भवन र जनशक्ति अभाव चुनौति बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...