जलजलामा नमुना युवा गाउँसभा

Gandaki Pardesh notice

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार÷चार जनाको दरले युवाहरु सहभागी भएका थिए । कार्यक्रमको अवसरमा बैकुण्ठ जिसी अध्यक्ष र सुधा जिसी उपाध्यक्ष सहित वडाबाट सहभागी हुन आएका प्रतिनिधिहरुलाई नमुना युवा गाउँसभा गठन गरिएको छ ।

Shreekrishna hardwear in news

समितिबाट प्रदेशमा हुने कार्यक्रमको लागी सहभागी गराइने जनाइएको छ । कार्यक्रममा आयुषा कडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन, विषयगत समिति गठन, समापनका प्रक्रीया, बैठकमा प्रस्तुतहुने शैली र प्रयोगगर्ने भाषाको विषयमा सहजिकरण गर्नुभएको थियो । सैद्धान्तिकका साथसाथै सहभागीहरुलाइ गाउँ सभाको अध्यक्ष र सदस्यहरुको रुपमा चयनगरी सभा सञ्चालनको नमुना अभ्यास गराइएको थियो ।

Bhautik ministry notice about road

समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नमुना अभ्यासले युवा मार्फत समुदाय स्तरसम्म गाउँसभाको महत्व बुझाउन सहयोग पुगेको बताउनुभयो ।

उहाँले जिल्लामा एउटा पालिकाले मात्रै प्राप्तगर्ने यो अवसर जलजलाले प्राप्तगर्नु सौभाग्य भएको बताउनु भयो । नमुना युवा गाउँसभा अभ्यास तालिममा सिकेका कुरा भविष्यमा जो जहाँ पुगेपनि जिबनोपयोगी हुने र राजनैतिक रुपमा जुन दलसंग आबद्द भएपनि यसरी सिकेको सिप समाजको रुपान्तरणमा उपयोगी हुने बताउनुभयो ।

त्यसैगरी समापन कार्यक्रममा मंतब्य ब्यक्तगर्दै वडा नं ४ का अध्यक्ष भरत जिसीले युवाले यस्ता कार्यक्रमबाट सिकेका सीपले सचेतना बृद्धी हुनेहुदा जनप्रतिनिधिले कहिँकतै गलत कार्यगरेमा वा गर्नसक्ने अबस्था आएमा खबरदारी र सचेत गराउन सक्ने अबस्था आउने बताउनुभयो । प्रशिक्षकको तर्फबाट मन्तब्य ब्यक्तगर्दै प्रमुख प्रशिक्षक आयुषा कंडेलले युवावर्ग भनेको कुनै पार्टी बिशेषको झन्डा बोकेर पार्टीगत बिचार अभिव्यक्त गर्ने मात्र नभई समाजको यथार्थ पहरेदार र परिबर्तनको सहि सम्बाहक हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षार्थीको तर्फबाट पार्वती जि.सी, साजन परियार, सुधा सुबेदी, बैकुण्ठ जिसीले प्रशिक्षणमा आफुले सिकेका कुरा र युवाले सुशाशानको वकालतका लागि खबरदारी गर्र्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।

कार्यक्रमा गाउँपालिकाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । समापन कार्यक्रम जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यको अध्यक्षता, शिक्षा शाखा प्राबिधिक सहायक देवी रिजालको संचालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...