ताकममा उद्यमशिलता विकास तालिम

Gandaki Pardesh notice

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । धवलागिरीको मल्कवाङ, मुदी, मुना, मराङ, ताकम, धारापानी हिलापोखरी लगायत ठाउँका उद्यमीहरुको तालिममा सहभागिता रहेको म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले जानकारी दिनुभयो ।
तालिमको पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले सहजिकरण गर्नुभएको थियो । पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्यम व्यवसाय मार्फत स्वरोजगार र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road


वडा अध्यक्ष अशोक खत्री, उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाईका सभापति थापा, घरेलु उद्योग महासंघ म्याग्दीका महासचिव डम्बर कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहभागी नरेश पौडेल र गंगा सुवेदीले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने बताउनुभयो । यसैगरी घरेलु तथा उद्योग कार्यालयको टोलीले बुधबार ताकममा बजार अनुगमन गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...