वारीबेनीमा भिमसेन मन्दिर निर्माण

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा भिमसेन मन्दिर निर्माण भएको छ ।
स्व. गणेशमान र पदम्कुमारी कर्माचार्यका नाति तथा स्व. तेजमान र गंगाकुमारी कर्माचार्यको स्मृतिमा हाल काठमाडौमा बसोबास गर्नुहुने उहाँका छोरा, नातीका परिवारले मन्दिर निर्माण गर्नुभएको हो । भिमसेन व्यवसायीहरुका इष्ट देवता हुन् ।
इश्वरी कर्माचार्य, कृष्णकुमारी कर्माचार्य, सुनिल, सुनिता, अनिल, आरती कर्माचार्यले निर्माण गर्नुभएको मन्दिर बुधबार जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।

Gunasthariya Shiksya


कर्माचार्य परिवारको रु. पाँच लाख पचास हजार सहयोगमा मन्दिर निर्माण भएको निर्माण समितिका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । एक सय वर्ष भन्दा पुराना भिमसेन मन्दिर जिर्ण बनेपछि तत्व ज्ञान, हिन्दु धर्म सेवा समिति वारीबेनीका संयोजक श्रेष्ठको अध्यक्षतामा पुननिर्माण समिति गठन भएको थियो ।
मन्दिर उद्घाटन गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले धार्मिक स्थलको संरक्षणमा वारीबेनीका बासिन्दा र कर्माचार्य परिवारले गरेको योगदानको प्रशंसा गर्नुभयो । सहयोगदाताहरुलाई मन्दिर उद्घाटनका अवसरमा सम्मान गरिएको थियो ।

Shreekrishna


वडा सदस्य ठाकुरप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा जलजला–३ का वडा अध्यक्ष एकिन्द्र खत्री, कर्माचार्य परिवारको तर्फबाट बेनपा–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, उद्योग वाणिज्य संघ जलजला इकाईका अध्यक्ष चित्रराज रेग्मी, पश्चिम नेपाल बचत तथा ऋण सहकारीका कालीगण्डकी सेवा केन्द्रका संयोजक डिलबहादुर बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...