किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिन थालिएको छ ।
सामाजिक विकास कार्यालयको सहयोगमा गैरसरकारी संस्था मिलन म्याग्दीले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको हो । मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“रघुगंगा गाउँपालिकाको १० वटा माविमा कक्षा ८ देखि १२ सम्मका किशोरीहरुलाई मार्सल आर्ट सम्बन्धी तालिम दिने लक्ष्य छ,” उहाँले भन्नुभयो “रितुङ मावि कुइने र अमर मावि चिमखोलामा तालिम सञ्चालन भइसकेको छ । अन्य विद्यालयमा पनि तालिम सञ्चालन गर्ने तयारीमा छौ ।”
बलात्कार, यौन दुरव्यवहार जस्ता लैङ्गिकहिंसाका घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल र खेलकुदप्रति महिलाको अभिरुचि बढाउन तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । किशोरीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको हो । एक वटा विद्यालयमा एक दिनका दरले तालिम सञ्चालन हुनेछ् ।

Gunasthariya Shiksya


“महिला हिंसा न्युनीकरण गर्न देशका विभिन्न जिल्लामा सञ्चालन गरिएको मार्सल आर्टको तालिम प्रभावकारी बनेको छ,” प्रशिक्षक समेत रहेकी कराँते खेलाडी चन्दा घलेले भन्नुभयो “तालिममा सामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने तथा प्रकितार कसरी गर्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाइउछौ ।” रितुङ माविका ७१ र अमर माविका ५१ जना किशोरीको साथै महिला शिक्षकहरुले तालिम लिएका छन् ।

Shreekrishna


आत्मरक्षासँगै लैगिङ्ग हिंसा प्रभावितहरुको लागि बेनी अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)बाट सेवा लिने प्रक्रीयाको बारेमा पनि जानकारी गराइएको छ । बेनी अस्पतालका ओसीएमसी फोकल पर्सन चिकित्सक डा. बिराज आचार्यले लैङ्गिक हिंसामा परेकाहरुलाई निशूल्क स्वास्थ्य उपचार, मनोवैज्ञानिक र कानुनी परामर्शका साथै आश्रयको सुविधा रहेको जानकारी दिनुभयो । जानकारीको अभावमा ओसीएमसी सेवा लिनेको संख्या कम भएकाले प्रचारप्रचार गर्न विद्यालय स्तरमा कार्यक्रम गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...