रिलायबल लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

Gandaki Pardesh notice

बेनी,। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले बैदेशिक रोजगार म्यादी विमा दावी स्वरुप अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका एक मृतकका परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ ।
दानाका धनबहादुर पुनको परिवारलाई धौलागिरी क्षेत्रका प्रमुख देबेन्द्र क्षत्री सहितको टोलीले स्थानीय जनप्रतिनिधिको उपस्थितीमा चेक प्रदान गर्नुभएको हो । वैदेशिक रोजगाराको शिलशिलामा यूएईबाट आएर घरमै मृत्यु भएको अवस्थामा बिमा रकम मृतकका बुबा टुक बहादुर पुनलाई हस्तान्तरण गरिएको थियो। म्यादी विमा भनेको वैदेशिक रोजगारको शिलशिलामा गरिने विमा हो । यसलाई नेपाल सरकारले अनिवार्य बनाएको छ ।
कुनै निश्चित म्याद अवधि रहने यस विमा हरेक विदेशिने व्यक्तिहरुले निश्चित म्याद राखी विमा गर्ने प्रावधान छ । म्याग्दीबाट बैदेशिक रोजगारीका लागि विदेशमा जानेलाई म्यादी विमाका लागि रिलायबल नेपाल लाइफलाई अवसर दिन समेत धौलागिरी क्षेत्रका प्रमुख प्रबन्धक क्षत्रीको अनुरोध छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...