जलजलामा नमुना युवा संसदको अभ्यास

khali

लामाखेत,। जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबारदेखि नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार÷चार जनाको दरले युवाहरु सहभागी भएका छन् । उनिहरुलाई अनुषा कडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन र समापनका प्रक्रीया, बैठकमा प्रस्तुत हुने शैली र प्रयोग गर्ने भाषाको विषयमा सहजिकरण गर्नुहुने भएको छ ।

khali


सैद्धान्तिकका साथ साथै सहभागीहरु मध्यबाट गाउँसभाको अध्यक्ष र सदस्यहरु चयन गरि सभा सञ्चालनको नमुना अभ्यास गराइने भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नमुना अभ्यासले युवा मार्फत समुदाय स्तरसम्म गाउँसभाको महत्व बुझाउन सहयोग पुग्ने बताउनुभयो ।

Shreekrishna hardwear in news


सहभागीहरुको क्षमता विकास हुने र दैनिक जिवनयापनमा तथा सामाजिक संघ संस्थाको नेतृृत्व गर्दा नमुना अभ्यासको सिपले सहज हुने अध्यक्ष आचार्यले विश्वास गर्नुभयो । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले देशका ७७ वटै जिल्लामा एक एक वटा स्थानीय तहमा नमुना युवा गाउँसभा गर्ने कार्यक्रम अन्तरगत पर्वतको जलजला छनौट भएको बताउनुभयो ।
गाउँपालिकाको शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यको अध्यक्षता र प्राविधिक सहायक देवी रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...