खोपारामा वाइसर्क म्याग्दीले हेलीप्याड बनायो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारामा हेलीप्याड निर्माण र सूचनामुलक बोर्ड स्थापना भएको छ ।
मोटरसाइकल राइडरहरुको म्याग्दी बाइकर्स समूहले हेलिप्याड निर्माण र होडिङ बोर्ड निर्माण गरेका हुन् ।
म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेलीकप्टर मार्फत आउने पर्यटकलाई सहजका लागि हेलीप्याड समेत बनाएका छन् ।

Bhautik ministry notice about road


खोपरामा दर्जनौँ हिमालका दृष्य लिने बेलामा सहज हुने स्थानमा राखिएको संयोजक गोविन्द क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० हजारको खर्चमा उक्त काम गरिएको छ । सदरमुकाम बेनी देखि दुई दिनमा खोपरा पुग्न सकिन्छ ।
समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपरा प्राकृतिक ’भ्यू प्वाइन्ट’ हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखरलगायतका हिम टाकुराहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।
खोपाराबाट नागबेली परेर फेदीमा बगेको कालीगण्डकी देखि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । खोपराबाट सुर्योदय, सुर्यास्तको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडि बस्ती देख्न सकिन्छ । खोपारा भन्दा तलको क्षेत्रमा हरियाली जंगल छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...