प्रेस चौतारीको स्थापना दिवसमा फलफुल वितरण

khali

बेनी,। चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा आइतबार बेनी अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

प्रेस चौतारीको जिल्ला शाखाको आयोजनामा अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई स्याउ, केरा, अङ्गुरलगायत फलफुलहरु वितरण गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले जिल्लामा निर्माणाधीन तथा अधुरा योजनाहरुको निर्माणकार्य पुरा गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले ५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रवाहमा असर परेको विषयमा चौतर्फी दवाव सिर्जना गराउनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले प्रेस चौतारी नेपाल श्रमजीवी र क्रियाशील पत्रकारहरुको साझा सङ्गठन भएको बताउनुभयो ।

प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बीचमा व्यावसायिक एकता रहेको बताउनुभयो ।

प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...