मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । पुरुष भलिबलमा मंगला–५ पाखु प्रथम र धवलागिरी–३ फलियागाउँ दृतीय भएका छन् ।
पुरुष वास्केटबलमा धवलागिरी–७ ताकम प्रथम र रघुगंगा–६ ठाडाखानी दृतीय भएका छन् । प्रौद्ध भलिबलमा मंगला–२ बाबियाचौर प्रथम र धवलागिरी–४ मुदी दृतीय भएका छन् । महिला भलिबलमा मालिका–४ ओखरबोट प्रथम र धवलागिरी–२ लमसुङ दृतीय भएका छन् ।


पुरुष भलिबल बिजेतालाई रु. ७० हजार र दृतीयलाई रु. ४० हजार, महिला भलिबलको बिजेतालाई रु. २५ हजार र दृतीयलाई रु. १५ हजार प्रदान गरिने गरिएको भूमे युवा क्लवका सेरबहादुर छन्त्याल (मिलन)ले जानकारी दिनुभयो ।
यसैगरी पुरुष बास्कटबलमा बिजयीलाई रु. चालिस हजार, उपबिजेतालाई रु. २५ हजार, प्रौढ भलिबल प्रतियोगितामा बिजयीलाई रु. ३० हजार र उपविजेतालाई रु. बीस हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


प्रतियोगितामा बिजयी खेलाडीहरुलाई वडा अध्यक्ष अशोक खत्री, धवलागिरी गाउँपालिकाका पुर्व उपाध्यक्ष रेशम छन्त्याल, क्लवका अध्यक्ष लगायत पदाधीकारीहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैगरी “नेपाली सहयोगी मन” ले मच्छिमका १५ परिवारलाई एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो । विपन्न परिवार पहिचान गरेर अस्टे«लीयाबाट नेपाली सहयोगी मन समूहले पठाएको रकमबाट खाद्यान्न खरिद गरि उपलब्ध गराइएको हो ।


विश्वका विभिन्न देशमा रहेका युवाहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग जुटाएर दुखमा परेका नेपालीहरुलाई सहयाग गर्दै आएको संस्थाका सचिव माधव सुवेदीले बताउनुभयो । “सेवा नै धर्म हो” भन्ने मुल नारा बनाएको समूहले दुःखी, पिडीत, असहाय, बिरामी र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुलाई आकस्मिक राहतको लागि सहयोग गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...