अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरणका साथै गित र नृत्य प्रस्तुत गरिएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बुढामगरको अध्यक्षता, शिक्षक पूर्ण बहादुर पुन र उमेश कडेलको सञ्चालन तथा सहायक प्रअ थमबहादुर पुनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रअ बिरबहादुर पुनले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष मोतिप्रसाद बुढा, गोरक्ष आधारभूत विद्यालयका प्रअ हेमबहादुर बुढा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्व. तस्तराम बुढाथोकीको स्मृतिमा छोराहरु प्रकाश, विशाल र छोरी मिलनकुमारी बुढाथोकीले रु. एक लाखको अमर ज्योती मावि अक्षयकोष स्थापना गर्नुभएको थियो । अँ दिल स्मृति अक्षयकोषबाट १० जना जेहेन्दार गरिब विद्यार्थीलाई छात्रवृत्ति र वार्षिकोत्सवको अवसरमा आयोजित प्रर्दशनीमा उत्कृष्ट हुने समूहलाई पुरस्कार वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...