धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

Gandaki Pardesh notice

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ३० हजार र रु. ३० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत धु्रब रिजालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

छात्र र छात्रा भलिबल र एथलेटिक्स बिधाका २३ वटा इभेन्समा ६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ् । पहिलो दिन छ वटा खेलको फाइनल भएको छ । धनजनता माविले तीन स्वर्ण र एक रजत पदक जितेको छ । हेम नमुना आवसीय माविले २ स्वर्ण र ३ कास्य जितेको छ । लमसुङ माविले एक स्वर्ण जितेको प्राविधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलकुदले मानसिक र शारिरिक स्वास्थ्यमा सहयोग गर्ने बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालय स्तरका खेल प्रतिभा पहिचानमा योगदान पुगेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले धवलागिरीका खेलाडीको खेल स्तरमा सुधार भएकोमा खुसी व्यक्त गर्दै खेल प्रशिक्षण र पूर्वाधारमा जोड दिएको बताउनुभयो । पालिका स्तरीय प्रतियोगिताबाट छनौट हुनेले जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेललाई अनुसाशिषत र नियमसंगत हिसाबले सञ्चालन गर्नुपर्ने बताउदै खेलाडीलाई प्रशिक्षणका लागि समितिले खेल प्रशिक्षक उपलब्ध गराउने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव नगेन्द्र मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेल, धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेका थिए । हेम नमुना आवासीय माविका शिक्षक र विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...