कालीगण्डकीको देवशिला अयोध्या पुग्यो

khali

बेनी, । म्याग्दी स्थित कालीगण्डकी नदीको देवशिला भारतको अयोध्यामा पु¥याइएको छ ।

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट एक हप्ताअघि लगिएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्या पु¥याइएको हो । शिलालाई अयोध्यामा भब्य स्वागत गरिएको छ ।

गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि सहभागी हुनुभएको थियो । गोखरपुरपछि अयोध्यातर्फ शिला पठाइएको थियो । दुवै शिला बुधबार साँझ अयोध्या पुगेका हुन् ।

Shreekrishna hardwear in news

हवनपछि सञ्चाररकर्मीसँग कुरा गर्दै निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल–भारत सम्बन्ध नयाँ सांस्कृतिक उचाइमा पुगेको बताउनुभयो । यो कार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताउनुभयो ।

khali

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले सन्तहरूको सल्लाहमा नेपालको कालीगण्डकीबाट देवशिला ल्याउने निर्णय भएको र नेपालले हार्दिकतापूर्वक सहयोग गरेको उहाँले बताउनुभयो ।

मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाई, लत्ताकपडालगायतका कोसेलीसहितको पाहुर साथमा पठाइएको छ । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, हिन्दू स्वयंसेवक संघ, विश्व हिन्दू परिषद् नेपालका पदाधिकारी अयोध्या पुग्नुभएको छ ।

अयोध्यामा नेपालका तर्फबाट कांग्रेस नेता निधि तथा जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ । शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमापूजा गरिएको थियो ।

म्याग्दीको बेनी नगरपालिका– ६ सेतीपहिरोस्थित कालीगण्डकी नदीकिनारको शिला क्रेनमार्फत निकालिएको थियो । शिला २४ र १४ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका छन् । गलेश्वर मन्दिर परिसरमा पुजाआजा गरेर बेनी बजारमा शोभायात्रा गरेर शिलाको गत बिहिबार बिदाई गरिएको थियो ।

पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार खोजिएको शिला अयोध्या पु¥याइएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...