योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट

Health and samajik ministry notice

बेनी, । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच म्याग्दीका म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हालेपछि बुधबार उपाध्यक्ष डा. श्रेष्ठलाई निवासमै पुगेर बधाई दिदैं प्रतिनिधिसभा सदस्य गर्बुजाले सघीय र प्रदेश सरकारका सडक, खानेपानी, मोटरेबल पुल, भवन लगायतका ठूला योजनाहरू अलपत्र परेको बताउँदै साना ठूला योजनालाइ गति दिन निर्माण ब्यवसायीलाई माथिल्लो निकायबाटै दवाव आवश्यक रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

सांसद गर्बुजाले बेनी अस्पतालको ५० शैयाको भवन अलपत्र पर्दा उपचारमा समस्या भएको र पालिकारमा निर्माणधिन अस्पताल भवनले समेत गति नलिएको,बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी मालढुंगा लगायत सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गर्दा समस्या भएको बताउनुभएको थियो ।

Shreekrishna hardwear in news

‘तपाईको अघिल्लो कार्याकालमा गति लिएका योजनाले अहिले जिल्लाबासीलाई सहज भएको छ, यसपटक दिर्घकालिन योजनाहरु थपिनेमा आशाबादी छु’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटमा जिल्लाका सबै स्थानीय तहमा योजनाहरु मार्फत बजेटको आकार बढाउने डा.श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले म्याग्दी जिल्लाको विकासमा सांसदहरुसँग निरन्तर सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो ।

अधुरा र अलपत्र योजनासँगै नयाँ योजनाहरुमार्फत समृद्ध म्याग्दीको सपना पूरा गर्ने विषयमा केन्द्रित भएर उपाध्यक्ष डा. श्रेष्ठ र सांसद गर्बुजा बिच छलफल भएको थियो । गएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी अभियानको क्रममा जिल्लाका धेरै वडामा पुग्नुभएका उपाध्यक्ष डा. श्रेष्ठले यसपटक दिर्घकालिन र क्रमागत योजनाहरुमा प्राथमिकता दिनेमा जिल्लाबासी समेत आशाबादी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...