जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई फलफुल वितरण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोट निवासी बलबहादुर खत्रीले जन्मदिनको अवसर पारेर गलेश्वरका जेष्ठ नागरिकहरुलाई मंगलबार फलफुल वितरण गर्नुभएको छ ।

गलेश्वरको वृद्धाश्रममा बस्दै आएका ६० जना जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुभएका बलबहादुर र उहाँकी श्रीमति बालकुमारी खत्रीले ले वुद्धाश्रमका अध्यक्ष बमबहादुर पुनलाई रु. पाँच हजार हस्तान्तरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव रहनुभएका खत्री सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । तडकभडक गरेर जन्मदिन मनाउनु भन्दा रचनात्मक कार्य गर्ने उद्देश्यले जेष्ठ नागरिकलाई फलफुल र सञ्चालक समितिलाई आर्थिक सहयोग गरेको खत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...