जनप्रिय आवीका विद्यार्थीलाई जेसीजको स्विटर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बरंजा । मंगला गाउँपालिका–३ बरंजामा रहेको जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई म्याग्दी जेसीजले सोमबार स्विटर वितरण गरेको छ ।

विद्यालयको ३५ औ वार्षिकोत्सवको अवसरमा जेसीजको न्यानो माया कार्यक्रम अन्तरगत विपन्न परिवारका जेहेन्दार ३१ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । बेनीको रेडक्रस मार्गमा रहेको आचार्य बस्त्रालयका सञ्चालक माधव आचार्यले उपलब्ध गराउनु भएको स्विटर जेसीजले वितरण गरेको जनाइएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन रोकाको अध्यक्षता, वडा अध्यक्ष याम रोकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले गाउँ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।

Shreekrishna

जेसी सुनिता बेल्वासेको संयोजकत्वमा कार्यक्रम भएको थियो । म्याग्दी जेसीजको सन २०२३ का लागि चयन भएको कार्यसमितिको यो पहिलो कार्यक्रम हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा त्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीको खेलकुद तथा कला र संस्कृति संरक्षण एवम् प्रतिभा पहिचान, पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...