पूर्णगाउँमा निशूल्क स्वास्थ्य शिविर

Gandaki Ghumau

बेनी । मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित निशूल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् ।

लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वत बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी लगायत विभिन्न रोगको निःशुल्क उपचार गराएका थिए ।

Gunasthariya Shiksya

बेनी अस्पतालका मेडिकर अफिसियर डा. गोविन्द पोख्रेल लगायत स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिनुभएको थियो । बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई सहज भएको लाल यूवा क्लवका अध्यक्ष खगेन्द्र खत्रीले बताउनुभयो । बिपन्न परिवार, आर्थिक अवस्था कमजोर भएका, असक्त र वृद्धावृद्धाका लागि शिविर लाभदायी भएको स्थानीय दुर्गादत्त आचार्यले बताउनुभयो ।

Shreekrishna

थप उपचार आवश्यक रहेकालाई बेनी अस्पतालमा बोलाइएको छ । शिविरमा चेकजाँच सहित समापन कार्यक्रममा डा. पोख्रेलले स्थानीय आयोजकलाई धन्यवाद प्रकट गर्दै दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा समेत निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...