प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा बागलुङमा निःशुल्क आँखा शिविर

Shreekrishna hardware

बागलुङ माघ, प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । आईतबार प्रेस सेन्टर नेपाल बागलुङ शाखाले विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच कार्यक्रम गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

सफल आँखा क्लिनिक तथा चश्मा पसल बागलुङको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविर कार्यक्रममा बाल विकास देखि कक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षक र कर्मचारी गरी १ सय ३६ जनाको आँखा जाँच गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

जाँच गरिएका मध्य ११ जना विद्यार्थीहरुमा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या रहेको सफल आँखा क्लिनिक तथा चश्मा पसलका नेत्र सहायक एवं प्रवन्धक गणेश महतोले जानकारी दिनुभयो ।

Shreekrishna
Ban devision notice

कार्यक्रम उदघाटन पछि बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितीका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।

गैरेले मुलुकका हरेक परिवर्तनहरुमा सञ्चार क्षेत्रको विशेष भूमिका हुने भन्दै नेपालको राजनीतिक परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । त्यस्तै बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले देश र समाजको विकासको लागि सञ्चारकर्मी र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, विद्यामन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक छवि रमण रेग्मी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्य वहाक अध्यक्ष नविन शिशिर विक, प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्री प्रसाद शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ शाखाका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, केन्द्रिय सदस्य कोपिला कँडेलको स्वागत र सचिव अनिष खातीको सञ्चालनमा सम्पन्न भएको थियो । २०६१ साल माघ १५ गते प्रेस सेन्टर नेपाल पत्रकार महेश्वर दाहालको नेतृत्वमा स्थापना भएको थियो । प्रेस सेन्टर नेपालको तत्कालिन नाम क्रान्तिकारी पत्रकार संघ थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...