नयाँ कुष्ठरोगी शूल्य

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा आयोजित कार्यक्रममा नियमित औषधी सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका बिरामी १ दशमलव ९ बाट घटेर हाल ०.२९ रहेको लम्सालको भनाई छ । पुराना बिरामीलाई नियमित औषधी सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीका अनुसार औषधी सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन् ।

म्याग्दीका केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेकाले समेत जिल्लाभित्र दर्ता भएका बाहेकको तथ्याङ्क प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो । रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या हुने गरेको बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछाने बताउनुभयो ।

उहाँले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ । समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

कतिपय रोगीले सामाजिक बहिस्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । माईकोव्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...