साहित्यकार बानिया र पत्रकार खड्का धनेश्वरी–तारानाथ स्मृति कोषबाट सम्मानित

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका, ५ पुलाचौरमा रहेको धनेश्वरी–तारानाथ स्मृति कोषले यस वर्ष साहित्य तर्फ जिल्लामा अग्रज साहित्यकार मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानिया र पत्रकारिता तर्फ पुराना पत्रकार घनश्याम खड्कालाई सम्मान गरेको छ ।
धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित बेनी नगरपालिका, ५ भिरमुनीका स्थाई बासिन्दा बानियाको मदनपुरस्कार विजेता महारानी उपन्यास बाहेक मृत्यु संस्कार, खस जाती र कुल पुजा, भौज्याहा र एतिहासिक पर्वत राज्य पुस्तक प्रकाशित छन । बानियाले विभिन्न पत्रपत्रिका, अनलाईनहरुमा स्तम्भकारको रुपमा समेत कलम चलाउने गर्छन ।
‘आप्mनै जन्मथलोमा कला, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउन पुलाचौरका सम्मानित रेग्मी परिवारबाट स्थापित कोषबाट सम्मानित हुन पाएकोमा खुसी लागेको छ’ सम्मान ग्रहणगरेपछि चन्द्रप्रकाश बानियाले भन्नुभयो, ‘सम्मानले हौसला र आत्मसम्मान महसुस गरेको छु ।’

Bhautik ministry notice about road


त्यस्तै धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित अन्नपूर्ण गाउपालिका, ६ घारका स्थाई बासिन्दा घनश्याम खड्का पत्रकार महासघ म्याग्दीको संस्थापक अध्यक्ष हुन । कान्तिपुर दैनिकमा उपसम्पादक रहेका खड्का पछिल्ला केही वर्षदेखी म्याग्दीमै पुनहिल डट कम डिजिटल पत्रिकाको प्रकाशक, सम्पादन समेत गर्दै आएका छन ।
बेनी नगरपालिका, ५ पुख्यौली थलो भएका स्व. धनेश्वरी–तारानाथको स्मृतिमा माधव प्रसाद रेग्मी, मुकुन्द रेग्मी, रामप्रसाद रेग्मी र मोहन रेग्मी परिवारले जिल्लाको साहित्य र पत्रकारिता समेतको क्षेत्रमा उल्लेख्य योगदान गर्ने ब्यक्तिलाई सम्मान गर्न १५ लाख रुपैयाको अक्षय कोष स्थापना गरी सो कोषको आम्दानीबाट सम्मान गर्ने गरिएको छ ।

Shreekrishna hardwear in news


‘बा–आमाका हामी चार भाई र तिनका परिवारले स्वर्गिय आमाबाको स्मृतिमा अक्षय कोष स्थापना गरी कलासंगित, साहित्य र पत्रकारिता क्षेत्रमा योजदान पु¥याउने ब्यक्तित्वलाई सम्मान गर्दै आएका छौं’ धनेश्वरी–तारानाथका कान्छा छोरा रहेका कोषका सचिव माधव प्रसाद रेग्मीले भन्नुभयोे, ‘जिल्लाको शैक्षिक उन्नयन तथा चेतनाबृद्धीमा पुरस्कार विधा र पुरस्कृति ब्यक्तित्वले उल्लेख्य योगदान पु¥याएको हाम्रो ठम्माएका छौं ।’
त्यस्तै, कोषले छुट्टै स्थानीय जनकल्याण माध्यामिक विद्यालयबाट दलित, जनजाति र खसआर्य समुदाय तथा गलेश्वरधाम स्थित शालग्राम वेदविद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट हुने एक–एक जनालई जनही २० हजार रुपैयाँले पुरस्कृत गर्ने गरिएको छ ।
जनकल्याण माविका प्रध्यानअध्यापक कमल पौडेलका अनुसार कोषबाट गत वर्षको एसईई परिक्षामा विद्यालयमा सर्वोकृष्ट हुने अंकित पौडेल नगद २० हजार सहित पुरस्कृत भए । त्यस्तै दलितबाट अंकिता थापा दर्जी, जनजातिबाट सपल पुन र खसआर्यबाट करुणा बानिया जनही १५ हजार नगदसहित पुस्कृत भए ।
त्यस्तै विद्यालयमा कोषको आयजनामा सम्पन्न लोकनृत्य तर्फ अंकिता थापा प्रथम भै पाँच हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । सुवास विक र सन्धा रामदामले दोस्रो भै जनही दुई हजार प्राप्त गर्नुभयो । त्यसैगरी ‘म बेनी गरपालिकाको मेयर भएको भए’ शिर्षकमा गरिएको निवन्ध लेखनमा सोही विद्यालयकी रितु किसान पहिलो, आकृति श्रेष्ठ दोस्रो र जुञ्जन श्रेष्ठ तेस्रो भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...