अनेरास्ववीयु म्याग्दीको अध्यक्षमा मिलन खत्री

Add Samajik bikash office

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा उदयबहादुर दर्जी र कोषाध्यक्षमा सागर शर्मा चयन हुनुभएको छ ।

अनेरास्ववियूको केन्द्रिय उपमहासचिव नरेश रोकायाले उद्घाटन गर्नुभएको सम्मेलनमा गण्डकी प्रदेश कमीटी अध्यक्ष प्रकाश पौडेल लगायतका नेता तथा पाटीका जिल्लाका नेताहरुले सम्बोधन गर्नुभएको थियो । सम्मेलन अघि अनेरास्ववीयुका नेता कार्यकर्ताहरुले बेनी बजारमा ¥याली गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...