अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्म प्रभा र शिखलाई समान स्वर्ण

Gandaki Pardesh notice

दोवा। अन्नपूर्ण गाउँपालिका–१ दोवामा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रभा मावि र शिख माविले समान स्वर्ण पदक जितेका छन् ।

कवड्डीको छात्राछात्रामा स्वर्ण पदक जितेको प्रभाले थप एक रजत पदक हात पारेको छ । १५०० मिटर दौडको छात्रछात्रातर्फ २ स्वर्ण पदक जितेको शिख माविले थप २ वटा कास्य पदक जितेर प्रभाको प्रतिस्पर्धामा उत्रिएको छ ।

ज्ञानप्रकाश र सर्वोदय माविले एक÷एक वटा रजत र कास्य पदक जित्दै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष भलिबलको फाइनलमा मुक्तिमार्ग र ज्ञानप्रकाश मावी पुगेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

छात्रातर्फको फाइनलमा शिख मावि र प्रभा मावी पुगेका अन्नपूर्ण गाउँपालिकाको शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

शुक्रबार सकिने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

दोस्रोले रु. ३० हजार र तेस्रोले नगद रु. २० हजारको साथमा ट्रफी र मेडल पाउनेछन् । प्रत्येक बिधामा बिजयी हुने विद्यालयले नगद रु. पाँच हजार र ट्रफी पाउने बताइएको छ । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...