नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लव कप शुरु

Gandaki Pardesh notice

सुरेन गुरुङ
नरच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बिहिबारदेखि प्रथम अन्नपूर्ण युवा क्लव कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।

बृहत खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम अन्तरगत क्लवको आयोजना गरेको प्रतियोगिता र क्लवको भवनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसदद्धयले नारच्याङको पर्यटन विकासका योजना भित्र्याउन पहल गर्ने बताउदै खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

सुपर घलेम्दी जलविद्युत आयोजनाको सामाजिक उत्तरदायीत्व कार्यक्रम मार्फत रु. दश लाख सहयोगमा क्लवको भवनमा तला थप गरिएको क्लवका अध्यक्ष टकबहादुर पुनले बताउनुभयो । पुरुष, महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता हुने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा बिजेता र उपबिजेतालाई कप सहित नगद रु. एक लाख पाँच हजार ५५५ र ६६ हजार ६६६ प्रदान गरिने भएको छ । महिला भलिबलको बिजेता र उपबिजेतालाई कप, मेडल र प्रमाणपत्र सहित रु. ५५ हजार ५५५ र २३ हजार ३३३ नगद पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।

शुक्रबार नामदर्ता सकिने र खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ । भवन र प्रतियोगिता उद्घाटन समारोहमा स्थानीय कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा मुत्रथैलीको क्यान्सरका बिरामी मनकाजी गर्बुजालाई अतिथिहरुले रु. दश हजार सहयोग गर्नुभएको थियो । घराम्दी घर भई हाल बेलायत रहेका धनबहादुर पाइजाले पठाउनु भएको रु. दश हजार एसइ त्रियशनका सञ्चालक सुरेन गुरुङले गर्बुजालाई हस्तान्तरण गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...