मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भिम माविको अग्रता

Gandaki Pardesh notice

दरवाङ। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म छ स्वर्ण सहित भिम मावि देविस्थानले अग्रता लिएको छ ।

छ स्वर्ण र तीन वटा कास्य पदक सहित भिम माविले अग्रता लिएको हो । जनप्रिय मावि र केवी एकेडेमीले२÷२ स्वर्ण, किसानी माविले एक वटा स्वर्ण पदक जितेका आयोजक मालिका गाउँपालिकाको शिक्षा शाखा प्रमुख अशोक रिजालले बताउनुभयो ।

Bhautik ministry notice about road

बुधबार शुरु भएको शुक्रबारसम्म चल्ने प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Shreekrishna hardwear in news

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ् । १५०० मिटर छात्र दौडको उद्घाटन खेलमा विवाद हुँदा नतिजा सार्वजनिक भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...