पुस्तक व्यवसायीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

Gandaki Ghumau

बेनी । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले बिहिबार बेनपा–५ बगुवाखोलामा रहेको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

१० औ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजा (बसन्त पञ्चमी) को अवसर पारेर बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्ग स्रोत कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री सहयोग गरेको हो ।

Gunasthariya Shiksya

रु. ३० हजार ५०० मूल्य बराबरको कापी, कलम लगायतका शैक्षिक सामग्री महासंघमा आवद्ध व्यवसायीहरुबाट जुटाएर स्रोत कक्षाका १८ जना बालबालिकाहरुका लागि उपलब्ध गराइएको उपलब्ध गराइएको शाखा अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।

Shreekrishna

महासंघका गण्डकी प्रदेश अध्यक्ष लीलाराम गौतम, पुर्व जिल्ला अध्यक्ष ठाकुरप्रसाद शर्मा, शाखा अध्यक्ष पौडेलले विद्यालयका प्रअ धनबहादुर खत्रीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

वौद्धिक अपाङ्ग बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगोस भनेर विद्यालयसँग समन्वय गरि उनिहरुलाई आवश्यक पर्ने सामग्री सहयोग गरेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका सचिव नारायण शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...