छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

Gandaki Pardesh notice

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ ।

दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको थियो ।

चालु आवका लागि ४९ करोड २६ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २५ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखापाल सागर पौडेलले जानकारी गराउनुभयो ।
आन्तरिक राजश्व सङ्कलनतर्फ १४ लाख १९ हजार र ढुङ्गा, गिटी बालुवा बिक्रीबाट १७ लाख रुपैयाँ राजश्व सङ्गलन भएको छ । यसैगरी वार्षिक स्वीकृत कार्यक्रमअनुसार हालसम्म विभिन्न ३७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् ।

Shreekrishna hardwear in news

सार्वजनिक सुनुवाई कार्यक्रमको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पालिकाको विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो शाखाको प्रस्तुतीकरण गरेका थिए ।

Bhautik ministry notice about road

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरुले सडकको डिपिआर बनाउँदा सूचना नदिइएको, ढल व्यवस्थापन नभएको, गाउँपालिकाको प्रशासनिक भवन निर्माणकार्यको प्रक्रिया किन रोकिएको, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङलाई अस्पतालको रुपमा स्तरोन्नति नगरिएको, उद्योगी व्यवसायीलाई करछुट दिइनुपर्ने, ढलान गरेको सडकमा स्काभेटर गुडाएको, विपद्को समयमा सडक मर्मतसम्भार गरेको पैसा नपाएको, शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जस्ता प्रश्नहरु गरेका थिए ।

त्यस्तै हाइड्रोले फ्याँकेको फोहोरले मेसिनरीवालमा क्षति पु¥याएको, प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई आर्थिक सहुलियत दिनुपर्ने लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सडकसँग सम्बन्धित जिज्ञासा तथा प्रश्नहरु सहभागीहरुले धेरै उठाएका थिए ।

कार्यक्रममा सहभागी प्रेमबहादुर पटेल, ज्ञानबहादुर पुन, रघुनाथ न्यौपाने, गोपाल गौतम, भीमप्रसाद गौतम, लेखबहादुर पुन, दुर्गाप्रसाद बुढामगर, सिर्जना विक, डम्बर घर्तीमगर, कमलनाथ शर्मा, यमन नेपाली, सीता सुवेदी, बुद्धिबहादुर पुन, छेमबहादुर विश्वकर्मा, वीरेन्द्र पुन, मोतिराज गौतम, गोपाल कँडेल, सन्तोष सुवेदी र सन्तोष पन्तले आ–आफ्नो धारणा तथा सुझावसहित जिज्ञासा र प्रश्न गर्नुभएको थियो ।

सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्योगी, व्यवसायीलाई करछुट दिनको लागि आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि यसअघि पनि पटकपटक बजेट विनियोजन भएर पनि काम हुन नसकेको बताउँदै सबैको सल्लाह र समन्वयमा भवनको निर्माणकार्य गरिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्ले, मालिका–१, निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुन, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिले दिनुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकारहरु ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानियाँले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...