तातोपानीमा ग्लोवलको एक्सटेन्सन काउण्टर

Gandaki Pardesh notice

तातोपानी । बेनी नगरपालिका–४, तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ ।
बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो । काउण्टरको उदघाटन् गर्दैै बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तीय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो ।
“ग्रामिण क्षेत्रमा बसोबास गर्नेलाई वित्तीय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको बिकास गराउन आवश्यक छ,” उहाँले भन्नुभयो “नगरपालिका भित्र बेनीबजार बाहेक पहिलोपटक बाणिज्य बैंकले तातोपानीमा स्थापना गरेका एक्सटेन्सन काउण्टरले जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका छौ ।”
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य प्रेम श्रीस, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बैंकको सेवा विस्तारले स्थानीयबासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।
ग्लोबल आइएमई बैंकका महेश सिलवालले सबै जिल्ला र ब्यापारिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तिय पहुँचमा राख्ने बैंकको लक्ष्य अनुसार अगाडी बढेको बताउनुभयो । तत्काल काउण्टरको रुपमा सञ्चालन गरेपनि निकट भविश्यमा शाखा नै संचालन गर्ने उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रम बेनी शाखा प्रबन्धक शोकेन्द्र थापाको अध्यक्षता, स्वागत प्रदेश प्रमुख इश्वरीप्रसाद जोशी र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
ग्लोबल आइएमईले बैंक अफ काठमाण्डौलाई गाभेपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । हाल देशरभर देशभर ३६५ शाखा, २ सय २१ शाखरहित सेवा, ३ सय ६९ स्थानमा एटिएम र विदेशमा ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...