ताकममा जोखिमयुक्त रुख हटाइने, गाइगोरु हराउन थालेपछि निगरानी

Add Samajik bikash office

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा जोखिमयुक्त रुख हटाइने भएको छ ।

वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने क्रम बढेपछि निगरानी गर्ने निर्णय समेत गरेको छ ।

Bhautik ministry notice about road

वडा अध्यक्ष खत्रीले विद्युतको प्रशारण र वितरण लाइनको छेउछाउ, पहिरोको जोखिम भएको, व्यक्तिको घर तथा खेतीयोग्य जमिनमा असर पुग्ने रुख हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

सामुदायिक वनको रुख सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र व्यक्तिगत जग्गामा पर्ने रुख सम्बन्धित व्यक्तिलाई तत्काल हटाउन अनुरोध गरिएको छ । पहिरोमा रहेका रुखहरुलाई पनि तत्कालै हटाउने र त्यहाँ नयाँ बिरुवा रोप्ने निर्णय गरिएको छ ।

स्थानीय कृषकहरुले पालेका गाइगोरु हराएको गुनासो आएकाले प्रहरी चौकी, टोल सुधार समिति र संघ संस्था मार्फत निगरानी गरिने भएको छ । गाइगोरु हराउनुको कारण गौबध हुन सक्ने अनुमान गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...