राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले ५८ औं वार्षिकोत्सव मनायो

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले मंगलबार ५८ औं वार्षिकोत्सव मनाएको छ ।
शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरी भण्डारीले सरकारी स्वामित्वको बैंकमार्फत निम्न र विपन्न बर्षको जिवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
संसद भण्डारीले उत्पादन र बैंकको पहुँच बाहिर रहेकालाई सेवा प्रवाहसँगै वित्तिय सचेतनामुलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भिमप्रसाद आचार्यले सरकारी बैंकबाट सेवा लिन झन्झट हुन्छ भन्ने प्रचारलाई राष्ट्रिय वाणिज्य बैंकले तोड्न सफल भएको बताउनुभयो ।
सरल र सहज सेवासँगै ग्राहकमैत्री कर्मचारीकै कारण नियमित सेवा लिन आउने गरेको आर्चायको भनाई थियो । बार्षिकोत्सवको अवसरमा सेवाग्राहीको तर्फबाट श्रीलाल पौडेल र भिमप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गदैं शाखा प्रबन्धक नवराज ढुंगानाले वित्तीय सेवासँगै सामाजिक उत्तरदाहित्व बहन गर्ने कार्यमा बैंकले निरन्तर प्राथमिकता दिएको बताउनुभयो । प्रबन्धक ढुंगानाले आफ्ना ग्राहकहरुलाई सहज र सुलभ रुपमा बितिय सेवा उपलब्ध गराउँदै बताउँदै विपन्नलाई स्वास्थ्य विमा, वित्तिय साक्षरता कार्यक्रम सहित विभिन्न रचनात्मक कार्यक्रमहरुमार्फत सेवाग्राहीको मन जित्न सफल भएको बताउनुभयो ।
वि सं २०२२ साल माघ १० गते स्थापना भएको बैंक माओवादी जनयूद्धको कारण पश्चिम म्याग्दीको दरबाङबाट विस्थापित भएर बेनीबाट सञ्चालन गरिएको थियो । तत्कालिन समयमा बेनीबाट समेत बागलुङ शाखामा गाभिने प्रयासलाई यहाँका उद्योग ब्यापारीको पहलमा रोकिएको थियो । देशभरका २६५ शाखाबाट बैंकले ४ हजार २४ कर्मचारीमार्फत् सर्वसाधारणलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...