जलजलामा विद्यालय स्वास्थ्य कार्यक्रम

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम शुरु गरेको छ ।
विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी शिक्षा दिने र समाजमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम मार्फत मासिक रुपमा स्वास्थ्यकर्मीले हरेक विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्यलाई शिक्षासँग जोड्न विद्यार्थीको उमेर अनुसार स्थानीय पाठ्यक्रम तयार पारि लागू गर्ने तयारी गरेको बताउनुभयो । माघ ५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Bhautik ministry notice about road

वडा नम्बर ८ नाग्लीवाङको जनकल्याण माविबाट यो कार्यक्रम शुरु गरिएको हो । नाग्लीवाङ स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद चापागाईले सोमबार सो विद्यालयको कक्षा १० का विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुभएको थियो । जलजलामा ४४ वटा सामुदायिक विद्यालय छन् ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...