माओवादी केन्द्र बेनी नगरको विस्तारित बैठक

Shreekrishna hardware

बेनी । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको विस्तारित बैठक मंगलबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकले गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित हरिबहादुर भण्डारी, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मिनबहादुर श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा नियुक्त हुनुभएका पुनम खड्कालाई बधाई ज्ञापन गरेको छ ।

Ban devision notice

माओवादी केन्द्र बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता, जिल्ला ईञ्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यता र नगर सचिव ज्ञानेन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षाका साथै नगरको आगामी कार्यक्रम र योजनाको विषयमा छलफल भएको थियो ।

Shreekrishna

जिल्ला इञ्चार्ज पौडेलले सरकारमा म्याग्दीको उपस्थितिलाई प्रभावकारी बनाउन र संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । म्याग्दीको विकास र परिवर्तनका लागि नेता कार्यकर्ताहरुले पहलकदमी लिएर सक्रीयताका साथ काम गर्न आग्रह गर्नुभयो । प्रदेश सभा क्षेत्र (क)का इञ्चार्ज बिनोद केसी, बेनी नगर ईञ्चार्ज पदम पुन लगायतको उपस्थिति रहेको सोही बैठकमा हाल न्युजील्याडमा रहनुभएका पार्टीका शुभचिन्तक लाल केसीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...